भदौ १७ काठमाडौं । बिहीबार नेप्से परिसूचक ५० अंकले ओरोले लागेको छ । बिहिबार सूचक ५० अंकले घटेर २९२६ बिन्दुमा रोकिएको छ। कारोबार रकम पनि १० अर्ब रुपैयाँ भन्दा कम मात्रै भएको छ।
१ करोड ८१ लाख ९ हजार ९६७ कित्ताको कारोबारमा ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै विकास बैंक, फाइनान्स, हाइड्रोपावर लागनी समूहका लगानीकर्ताले गुमाउन पुगेका छन् । आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एचपीसी कम्पनीको ५७ करोड रुपैयाँ बराबरको भएको छ ।
आज म्युचुअल फण्ड सहित २३० कम्पनीको सेयर कारोबार भएकोमा २३ कम्पनीको मात्रै मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ। भरखरै आइपीओ जारी गरेका सानिमा लाइफ र मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेपनि अन्य पुराना कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढी बढ्न सकेन ।
आज नारायणी विकास बैंक, कर्पोरेट विकास बैंक र अरुण काबेली पावरको सेयर मूल्य ६र६ प्रतिशतले घटेको छ। अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५७ करोड रुपैयाँको कारोबार भएको छ।
.jpg)


