शनिबार, भाद्र २७ गते २०८३
images

बलियड अभिनेता अमिता बच्चन नेपाल आउँदै

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 288
    SHARES
  • बलियड अभिनेता अमिता बच्चन नेपाल आउँदै

    भदौ १८ काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन सिनेमा छायाँकनका लागि उनी नेपाल आउन आउने भएका छन् । । भारतीय मिडिया भास्कर दैनिका अनुसार उनी  ‘उचाइ’ फिल्मको छायांकनका लागि अर्को महिना नेपाल आउन लागेका हुन् । उक्त फिल्म सुरज बड्जत्याको निर्माण र निर्देशन रहेको छ ।

    images

    मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसँगै अनुपम खेर, बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठीलगायतको अभिनय रहनेछ । राजश्रीको ब्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभ बच्चनले नेपालमा ४० देखि ४५ दिन बिताउने बताइएको छ ।

    चलचित्रको लागि छलफल गर्न केही समय अगाडि निर्देशक सुरज बर्जत्य नेपाल आएका थिए । उनी, करिब २ साता नेपाल बसेर मुम्बई फर्किएका थिए । यो चलचित्रले मित्रता र परिवारको कथा भन्नेछ । चलचित्रका लागि मुख्य कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुप खेर, निना गुप्ता लगायतका कलाकार पनि नेपाल आउनेछन् । चलचित्रको छायांकन लाङटाङ, मनाङ, मुस्ताङ, सगरमाथा आधार शिविर लगायतमा हुनेछ ।

    images

    अमिताभ बच्चन यसअघि पनि नेपाल आएका थिए । उनी ‘खुदा गवाह’ र ‘महान’ फिल्मको सुटिङका क्रममा नेपाल आएका थिए ।