बुधबार, भाद्र २४ गते २०८३
images

सिन्धुपाल्चोक -२ बाट शिर्ष नेता मध्ये १० नम्बर भित्र लोकप्रिय मतसहित बस्नेत विजयी, २०१५ सालयता पहिलोपटक जीत

एक्सप्रेस पाना
मंसिर ९, २०७९ शुक्रबार
  • 642
    SHARES
  • सिन्धुपाल्चोक -२ बाट शिर्ष नेता मध्ये १० नम्बर भित्र लोकप्रिय मतसहित बस्नेत विजयी, २०१५ सालयता पहिलोपटक जीत

    सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नेत निर्वाचित हुनुभएको छ । उहाँ ३९ हजार ३६७ मत ल्याएर निर्वाचित हुनुभएको हो । बस्नेत देशभरी बाट उत्कृष्ट मत ल्याउने शिर्ष नेतामध्ये १० नम्बर भित्र र कांग्रेस भित्र चौँथो नेताको रुपमा निर्वाचित हुनुभएको हो । 

    images

    कांग्रेसमा विश्वप्रकाश शर्मा, प्रधानमन्त्री एवम् शेर बहादुर देउवा, शेखर कोइराला जस्तै मोहन बस्नेतले पनि लोकप्रिय मत ल्याउदै उत्कृष्ट ४ भित्र पर्न सफल हुनुभएको । त्यस्तै बस्ने टप टेन भित्र समेत पर्नुुभएको छ । बस्नेत केन्द्रीय राजनीतिका प्रभावशाली नेता हुन् । सिन्धुपाल्चोक-२ मा कांग्रेसले २०१५ सालयता पहिलोपटक जीत निकालेको हो । बस्नेतका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका शेरबहादुर तामाङले २७ हजार ४९३ मत ल्याउनुभयो । 

    पूर्व स्वास्थ्यमन्त्रीसमेत रहनुभएका तामाङ ११ हजार ८७४ मतले पराजित हुनुभएको हो । गठबन्धनका कारण गृह क्षेत्र अर्थात १ नम्बर क्षेत्र छोडेर २ नम्बर क्षेत्रबाट चुनाव लडेका बस्नेतले लोकप्रिय मत सहित विजय हासिल गर्नुभएको । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए । सिन्धुपाल्चोकको प्रदेशसभा क्षेत्र २(१) मा माओवादी केन्द्रका युवराज दुलाल र प्रदेशसभा क्षेत्र (२) मा काङ्ग्रेसका कृष्णकुमार तामाङ निर्वाचित भएका छन् ।

    images

  • सम्बन्धित विषय:

  • # सिन्धु कांग्रेस