आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने समझदारी पत्रमा स्वीकृत

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 276
    SHARES
  • प्रभु बैंकले क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने समझदारी पत्रमा स्वीकृत

    भदौ १८ काठमाडौं । प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारी पत्रलाई स्वीकृत गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले मर्जर एक्विजिसन समितिको सिफारिस बमोजिम भएको समझदारी पत्रलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।

    images

    क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तिय संस्था घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकबाट (ग) वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी भएको थियो ।न्युज कारखाना