आइतबार, कार्तिक १६ गते २०८३
images
images

बामदेव गौतमद्वारा नेकपा (एमाले) परित्यग 

एक्सप्रेस पाना
भाद्र १८, २०७८ शुक्रबार
  • 496
    SHARES
  • बामदेव गौतमद्वारा नेकपा (एमाले) परित्यग 

    भदौ १८ काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रभावसाली नेता बामदेव गौतमले पार्टी परित्याग गरेका छन् । शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालय थापाथली पुगेर उनले एमालेका सबै पदबाट राजीनामा दिएका हुन् ।

    images

    गौतमले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा पत्र बुझाएर फर्किएको जानकारी गराइएको छ । एमालेको ९औं राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित गौतम नेकपा एकीकरणपछि पनि उपाध्यक्ष बनेका थिए ।

    तर, नेकपा विभाजनपछि भने दुवै पक्षमा नलागी गौतमले एकता अभियान चलाइरहेका थिए । उनले नेकपा (एमाले) परित्याग गरेपनि अब के गर्ने भन्ने बारेमा केही खुलासा गरेका छैनन् ।

    images