शनिबार, भाद्र २७ गते २०८३
images

श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रण

एक्सप्रेस पाना
मंसिर १६, २०७९ शुक्रबार
  • 257
    SHARES
  • श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा दुई जना नियन्त्रण

    रौतहट । रौतहट जिल्लाको  गौर नगरपालिका ५ स्थित बरहवा पुल ईलाकाबाट मंसीर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    पक्राउ पर्नेहरुमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षिय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षिय
    राजेश प्रसाद यादव छन् । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३-०२-०१३ प ४९५६ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो ।

    पक्राउ परेका उनीहरुलाई बरामद रुपैयाँ तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ ।

    images