शनिबार, भाद्र २७ गते २०८३
images

पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनद्वारा मानवसेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

एक्सप्रेस पाना
मंसिर १८, २०७९ आइतबार
  • 742
    SHARES
  • पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनद्वारा मानवसेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    बिज्ञान कार्की/  मिति २०७९/०८/१७ गतेको दिन, पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्सेज् अन्तरगत स्थापित संस्था पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनले पोखरा १७, छोरेपाटनमा अवस्थित मानवसेवा आश्रममा नि:शुल्क स्वास्थ्य शिविर निकै भव्यताको साथ समापन गरेको छ।

    images

    कार्यक्रममा ग्लुकोज, युरिक एसिड, युरिया टेस्ट लगायत BMI र ब्लड प्रेसर को जाँच गरिएको थियो। यो कार्यक्रमको मुख्य योजना भनेको आश्रममा आश्रित व्यक्तित्वको सामान्य स्वास्थ्य परिक्षण गर्नुका साथसाथै सचेतना दिनु थियो। उहाँहरुको नमुना संकलन देखि रिपोर्ट वितरणका सम्पूर्ण कार्यहरु आश्रम भित्र नै "laboratory setup" गरेर गरिएको थियो। 

    No description available.

    images

    सजिना पौडेलको अध्यक्षतामा आयोजना भएको उक्त कार्यक्रममा प्रमुख आतिथ्यता स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्सेस की निर्देशक विमला भट्टले गर्नुभएको थियो भने विशिष्ट अतिथिको रूपमा BSC.MLT का कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ता हुनुहुन्थ्यो। यसै गरी सामान्य परीक्षण गरेर सचेतना दिने कार्य डा.शृंखला तिम्सिनाले गर्नुभएको थियो।

     कार्यक्रममा प्रमुख सहयोग फेवा सिटी हस्पिटल एण्ड रिसर्च सेन्टरको रहेको थियो। यसै गरी यस कार्यक्रम सफलतामा नवसैनीक फार्मेसी एण्ड डेण्टल क्लिनिक, विपिन वाग्ले, सन्दीप पोख्रेल, कृष्णा बस्ताकोटी, महेश अधिकारी र सागर बस्यालको पनि निकै महत्त्वपुर्ण भुमिका रहेको थियो।

    कार्यक्रममा आयोजक र संस्थाका सम्पूर्ण गरेर कुल सहभागिता १२५  जनाको थियो। सफलताको साथ समापन भएको उक्त कार्यक्रम संञ्चालन सुस्मिता बरालले गर्नुभएको थियो भने कार्यक्रम  संयोजकत्व रोशन पाण्डेले गर्नुभएको थियो।

    No description available.