शनिबार, भाद्र २७ गते २०८३
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चरिकोटबाट पक्राउ

एक्सप्रेस पाना
मंसिर २२, २०७९ बिहीबार
  • 240
    SHARES
  • बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चरिकोटबाट पक्राउ

    काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका–३ चरिकोट ठेगाना भएका ७० वर्षीय जनकबहादुर कार्कीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

    images

    उच्च अदालत पाटनको २७ पुस २०७६ को फैसलाले बैंकिङ कसूर मुद्दामा ४१ लाख रुपैयाँ जरिवाना र सात दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले दोलखा चरिकोटबाट पक्राउ गरेको हो ।

    कार्कीले १९ चैत २०७५ प्रभु बैंकमा रहेको आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी जाहेरवालालाई झुक्याई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो । 

    images

    उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दोलखामा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय दोलखामा पठाइएको छ ।