आइतबार, कार्तिक १६ गते २०८३
images
images

भारतबाट धान किन्दा स्थानीय धानको भाउ घट्यो

एक्सप्रेस पाना
मंसिर २३, २०७९ शुक्रबार
  • 369
    SHARES
  • भारतबाट धान किन्दा स्थानीय धानको भाउ घट्यो

    भारतीय धानको आयातले स्थानीय किसानले उब्जाएको धानको बजार मूल्य घटेको छ। सरकारले निर्धारण गरेको धानको मूल्य भने  घोषणामै सीमित भएको छ। 

    images

    महँगो बिउ,र मलखाद खरिद गरि उब्जाएको धानको उचित मूल्य नपाउँदा किसानहरु  कम मूल्यमै बिक्री गर्न बाध्य भएका छन । यस सिजनमा भदै मोटोधानको सुरुवाती मूल्य भन्दा भारतीय धान आयात सुरुभए पछि प्रती क्विन्टल ३०० र मसिनो धनमा प्रति क्विन्टल २०० को दरले भाउ घटेको स्थानीय ब्यापारीहरुले बताएका छन् । 

    भारतीय धानको आयात हुनु अघि रौतहटमा भदै मोटोधानको खरिद प्रति कुईन्टल दुईहजार ७ सयको दरले सुरु भएको थियो । तर भारतीय धानको आयात सुरु भएपछि अहिले त्यही मोटो भदैधान प्रति क्विन्टल दुई हजार ४ सयको दरले खरिद भैरहेको बजरंग गल्ला भण्डार कटहरियाका संचालक भैरोलाल जैसवालले बताएका छन्। 

    images

    त्यसै गरी भारतीय धानको आयात अघि मसिनो कतरनी धान प्रति क्विन्टल तिनहजार ७ सयको दरले खरिद सुरु भएको थियो। तर भारतीय धानको आयात पछि उक्त मसिनो कतरनी धानको भाउ घटेर हाल प्रति क्विन्टल तीनहजार ५ सयको दरले खरिद भैरहेको संचालक  जैसवालले जानकारी दिएका छन ।

    भारत सरकारको अनुदानमा प्राप्त उन्नत बिउ र मलखाद प्रयोग गरि भारतीय किसानले उब्जाएको धानको मूल्य केही कम भएपनी उनीहरुलाई मार्का पर्दैन । तर त्यही बिउ र मलखाद बलेक रेटमा खरिद गरि नेपाली किसानले उब्जाएको धान महँगो पर्ने हुँदा कुनै हालतमा प्रतिस्पर्धा गर्न नसकिने कटहरिया ४ का एकजना किसान गणेश साह कलवारले गुनासो गरेका छन ।