भदौ १९ काठमाडौं । सरकारले यही भदौ २३ गते संघीय संसदको अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । यसअघि सरकारको सिफारिसमा गत साउन ३२ गते राष्ट्रपति भण्डारीले अधिवेशन अन्त्य गरेकी थिइन् ।
शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
यस अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले सभामुख अग्निप्रसाद सापकोटा, सत्ता गठबन्धन आबद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग छलफल पनि गरेका थियो ।
.jpg)


