श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्रधानाध्यापकको सरुवाको हल्ला हवादारी रहेको बताएका छन् । केही संचार माध्यममा प्रधानाध्यापक सरुवाको हल्ला हवादारी भएको प्रधानाध्यापक विरेन्द्र चौधरीले प्रेश विग्यपती निकालेर जानकारी गराएका छन् ।
हालादारीमा लेखिएको समाचारले विधालयका सबै पक्षलाई नकारात्मक असर पर्ने भएकोले आगामी दिनमा यस विधालयको बारेमा समाचार लेख्दा सत्यता, विषयवस्तु प्रति पुर्ण सजग भई समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ ।
पत्रकार आचारसहिताको परिभित्र रहेर असमाचार सम्प्रेषण गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरिएको छ ।
केही दिन पहिला बहुमतको आधारमा शिक्षक नियुक्तीको विषयमा आएको समाचार प्रति पनि विधालयको ध्यानाकर्षण भएको विग्यपतीमा उल्लेख गरिएको छ । सो समाचार कपोलकल्पित, तथ्यहीन र भ्रामक रहेको उल्लेख गरिएको छ ।
शिक्षक नियुक्ती ऐन, कानुन र सम्पूर्ण प्रक्रिया पुरा भए पश्चात मात्र शिक्षक नियुक्त गरिएको विग्यपतीमा उल्लेख गरिएको छ ।


