शनिबार, भाद्र २७ गते २०८३
images

हेल्पद्वारा गुन्साका ६७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

एक्सप्रेस पाना
मंसिर २६, २०७९ सोमबार
  • 326
    SHARES
  • हेल्पद्वारा गुन्साका ६७० विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

    सिन्धुपाल्चोक, २६ मङ्सिर : हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनर्सीप (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल  गाउँपालिका ५ गुन्साका सातकन्यामती माध्यमिक विद्यालय र कुम्भेश्वरी आधरभुत विद्यालयका ६७० जना विद्यार्थीलाई शैक्षिक सामाग्री स्टेशनरी , स्वास्थ्य सामाग्री र टोपी सहितको झोला वितरण गरिएको छ ।

    images

    No description available.

    सिन्धुपाल्चोकका पुर्व जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम,  हेल्पका अध्यक्ष जिमि लामा वडा नम्बर ५का अध्यक्ष काले गोले सातकन्यामती माध्यमिक विद्यालयका प्रअ प्रेम तामाङ लगायतले उक्त सामाग्री वितरण गर्दै उक्त सामाग्रीको  सदुपयोग गर्न आग्रह गर्नुभयो ।हेल्पले १० बर्ष अगि स्कुल इन अ ब्याग सुरु गरेको र हाल सम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामाग्री वितरण गरेको अध्यक्ष लामाले बताउनुभयो । हेल्पले जिल्लामा मेलम्ची, त्रीपुरासुन्दरी र पाँचपोखरीमा २७ जना साथी शिक्षक  पनि  सहयोग गरेको लामाले बताउँनुभयो ।

    images

    No description available.

    सातकन्यामती माध्यमिक विद्यालयका अध्यक्ष कालिका गोले र कुम्भेश्वरी आधरभुत विद्यालयका प्रधानाध्यापक देवि पौडेलले सहयोगप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा पुर्व जिल्ला शिक्षा अधिकारी एबम मलङगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गौतमले स्थानिय तहले गुणस्तरिय  शिक्षाका लागि धेरै काम गर्न सक्ने बताउँनुभयो ।

    No description available.

    विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यि सामाग्री वितरण गरिएको हेल्पले जनाएको छ । सँस्थाले शिक्षामा शिक्षक, सामाग्री सहयोग, भवन निमार्ण, तालिम लगायत सहयोग गर्दै आएको छ । त्यस्तै कोरोना,बाढी, भुकम्प जस्ता प्रकोप पिडितलाई सहयोग गर्दै आएको छ ।