आइतबार, कार्तिक १६ गते २०८३
images
images

फस्टाउँदै ड्रागन खेती

एक्सप्रेस पाना
मंसिर २७, २०७९ मंगलबार
  • 505
    SHARES
  • फस्टाउँदै ड्रागन खेती

    स्याङ्जा । स्याङजामा पछिल्लो समय कृषकहरु ड्रागन खेतीमा आकर्षित हुन थालेका छन् । ड्रागन फल नेपालमा भित्रिएको लामो समय नभएता पनि यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ । ड्रागन देख्दामा जति आकर्षक छ त्यत्तिकै स्वादिष्ट हुँदा यसको खेती बढ्न थालेको छ ।

    images

    समुन्द्रि सतहदेखि करिव तीन हजार मिटरसम्मको उचाईमा ड्रागन खेती गर्न सकिन्छ । सुक्खा ठाउँमा पनि उत्पादन राम्रो हुने हुँदा स्याङजाका पहारिलो जग्गामा ड्रागनको सुरुवात गर्न थालिएको छ ।

    एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुने गर्दछ । काठमाडौं, पोखरा चितवन, दाङ लगायतका नर्सरीमा यसको विरुवा

    images

    सजिलै पाईन्छ । फूल फुलेको दिनदेखी ४५ दिनमा यसको फल तयार हुने गर्दछ ।

    स्याङजाको वालिङ, गल्याङ, पुतलीबजार, कालिगण्डकी लगायतका स्थानिय तहमा ड्रागन खेतीको सुरुवात गरयको छ । अन्य कृषि खेति जस्तो झन्जटिलो र जङगली जनावर दुम्सि बादर र मृग लगायतका जनावरवाट बचाउन सकिने भएकाले बिस्तारै कृषक यसतर्फ आकर्षक हुन थालेका हुन ।