शनिबार, भाद्र २७ गते २०८३
images

सामुदायिक विद्यालय रोज्न थाले विद्यार्थी

एक्सप्रेस पाना
मंसिर २८, २०७९ बुधबार
  • 293
    SHARES
  • सामुदायिक विद्यालय रोज्न थाले विद्यार्थी

    सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ । सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा अध्यापन सुरु भएपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा क्रमिकरुपमा बढेको विद्यार्थीको आकर्षण प्राविधिक शिक्षाको सुरुआतपछि थप बढेको हो ।   

    images

    मध्यविन्दु नगरपालिका–७ चोरमारास्थित नवजागरण नमुना माध्यमिक विद्यालयमा पछिल्लो पाँच वर्षमा  अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या दोब्बर भएको छ । विसं २०७४ मा आठ सय २२ विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा अहिले एक हजार छ सय ६० भन्दा बढी अध्ययन गर्छन् । यहाँ जिल्लाका सामुदायिक विद्यालयमध्ये सबैभन्दा बढी विद्यार्थी अध्ययन गर्छन् ।