तनहुँमा श्रीमतीको ढुंगा प्रहारबाट एक युवकको ज्यान गएको छ । घरायसी विवादमा ३६ वर्षकी श्रीमती सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको हाे ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पोखरा महानगरपालिका-३० सिसुवा स्थायी घर भएका उनीहरू हाल तनहुँको शुक्लागण्डकी नगरपालिका-४ प्रगति टोलमा बस्दै आएका थिए ।
नेपालीको उपचारका क्रममा बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा मृत्यु भएको हो । सुशीलालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । उनीहरुबीच बुधबार राति विवाद भएको थियो । सुशीलाले मादक सेवन गरेको पाइएको प्रहरीकाे भनाइ छ ।


