आइतबार, कार्तिक १६ गते २०८३
images
images

निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 389
    SHARES
  • निर्वाचन आयोग र सभामुखविरुद्धको मुद्दा प्रधानन्यायाधीश जबराको इजलासमा

    भदौ २० काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक रहेको भन्दै नेकपा एमालेका अध्यक्ष एवम् निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइका लागि सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ।

    images

    उक्त रिट सुनुवाइका लागि प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेसी तोकिएको हो । गत शुक्रबार न्यायाधीश मीरा खड्काको एकल इजलासमा पेसी चढे पनि इजलास बस्न नभ्याएपछि सुनुवाइ हुन पाएन ।

    ओलीले भदौ १ गते माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गर्दै पदमुक्त गर्न संसद् सचिवालयमा पत्र पठाए पनि सभामुखले संविधानले नदिएको अधिकार प्रयोग गर्दै रोकेर राखेको दाबी रिटमा गरेका छन् । सभामुखले नयाँ पार्टी दर्ता गरेपछि कारबाही नहुने अवस्थामा पुर्‍याएर गरेको निर्णय कानुनविपरीत रहेको जिकिर रिटमा गरिएको छ ।

    images

    एमालेले सभामुखको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश जारी हुनुपर्ने माग गरेको छ । दोस्रो रिट निवेदनमा पार्टीले कारबाही गरिसकेका १४ सांसदको समेत सनाखत गरी नेकपा )एकीकृत समाजवादी) पार्टी दर्ता गर्नु त्रुटिपूर्ण भएको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।