भदौ २० काठमाडौं । प्रदेश–२ मा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) कम थप दुई जना प्रदेश सभा सदस्यले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन्। संसदीय दलका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर सनाखत गरेका हुन्।
गत बिहीबार एमालेका ११ जना सांसदसँगै उनीहरूलेले सनाखत एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने बताइए पनि अन्तिम समयमा उनीहरू फेरि एमालेका कार्यक्रममा सहभागी भएका थिए।
एमालेबाट निर्वाचित २१ जना प्रदेश सभा सदस्यमध्ये १३ जनाले एकीकृत समाजवादी रोजेका छन् भने ८ जना एमालेमै रहने भएका छन्।
.jpg)


