शनिबार, भाद्र २७ गते २०८३
images

विद्यार्थीलाई दुर्व्यवहारको आरोपमा तीन शिक्षक पक्राउ

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 214
    SHARES
  • विद्यार्थीलाई दुर्व्यवहारको आरोपमा तीन शिक्षक पक्राउ

    विद्यालयले आयोजना गरेको पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गैँडाकोटका तीन शिक्षकलाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा गैँडाकोटको विजय आधारभूत विद्यालयका प्रधानाध्यापक कृष्ण सापकोटा, कुमार सापकोटा र मदन भट्टराई रहेका छन् ।

    उनीहरू गत शनिबार दिउँसो चितवनको कंकाली सामुदायिक वनमा विद्यार्थीसहित पिकनिक गर्न गएका थिए । पिकनिकमा मदिरा सेवन गरेर विद्यार्थीहरूलाई दुर्व्यवहार गरेको उनीहरूमाथि अभिभावकहरूको अभियोग छ । 

    images

    पिकनिकमा शिक्षक र विद्यालय व्यस्थापन समितिका सदस्यहरूसमेत गरी ४० जना सहभागी थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद सापकोटाले विद्यार्थी र अभिभावकको गुनसोका आधारमा प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।