शनिबार, भाद्र २७ गते २०८३
images

इसिएलएफकाे आधारभूत शिक्षण तालिम समापन

एक्सप्रेस पाना
पौष ११, २०७९ सोमबार
  • 292
    SHARES
  • इसिएलएफकाे आधारभूत शिक्षण तालिम समापन

    सिन्धुपाल्चोक, ११ पुस । सिन्धुपाल्चोककाे पाँचपोखरी थाङ्गापाल गाउँपालिका ३ भोताङमा इसिएलएफकाे तीन दिने आधारभूत शिक्षण तालिमको समापन भएकाे छ । लायन्स क्लब अफ काठमाडौं फेलोसिपकाे आयोजनामा भएकाे उक्त कार्यक्रममा फेलोसिपकाे र अन्य सहयाेगी संस्थाद्वारा स्कुल ब्याग, शैक्षिक सामग्री, न्यानो टोपी, फुटबल, जर्सीसेटलगाएतका सामग्री वितरण गरिएकाे क्लबका उपाध्यक्ष राजेश हिमालयले बताउनुभयाे ।

    images

    कार्यक्रममा इसिएलएफ नेपालका संस्थापक बन्दना एल श्रेष्ठ, इसिएलएफ नेपालका निर्देशक राजाराम महाजु, लायन्स क्लब अफ काठमाडौं फेलोसिपका चार्टर अध्यक्ष कृष्ण ज्योति शाक्य, रियल वर्ल्ड (सत्य संसार)का बालगोपाल साहुखल श्रेष्ठ, वन स्टप एचआर समाधान प्रालिका धर्मबहादुर सुनार, मनकामना मावि गोकर्णेश्वर ९ दक्षिणढाेकाका जगन्नाथ देवकोटा, पासा फुटसल अरुबारीका आकाश कक्षपतिकाे उपस्थिती रहेकाे थियाे ।