आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एक्रीकुत समाजवादी) सबैभन्दा ठूलो 

एक्सप्रेस पाना
भाद्र २०, २०७८ आइतबार
  • 373
    SHARES
  • सुदूरपश्चिम प्रदेशसभामा नेकपा (एक्रीकुत समाजवादी) सबैभन्दा ठूलो 

    भदौ २० धनगढी । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम प्रदेशसभामा सबैैभन्दा ठूलो दल बनेको छ । 

    images

    आज एमालेका थप ३ जना प्रदेशसभा सदस्यले नेकपा(एस)को पक्षमा निर्वाचन कार्यालय पुगेर सनाखत गरेसँगै सो पार्टीको प्रदेशसभा सदस्य संख्या १३ पुगेको छ । प्रदेशमा माओवादी केन्द्रका पनि १३ जना प्रदेशसभा सदस्य छन् । माओवादी केन्द्रको भन्दा ठूलो पार्टी बनाएर सत्ताको दाबी गर्ने भन्दै थप एक सांसद जुटाउने अभियानमा सो पार्टीका नेताहरु लागिपरेका छन् । प्रदेशसभा सदस्य बलदेव रेग्मीलाई आफ्नो पक्षमा ल्याएर बहुमत सदस्य जुटाउने अभियान जारी रहेको प्रदेशसभा सदस्य दीर्घ सोडारीको दाबी छ । 

    प्रदेशसभा सदस्यहरु दीर्घ सोडारी र तारा लामा तामाङसँगै विगतमा ओली पक्षमा खुल्दै आएका पूर्वराज्यमन्त्री प्रकाश रावलले आज निर्वाचन कार्यालय पुगेर नेकपा ९एस०को पक्षमा सनाखत गरेका छन् । योसँगै कांग्रेस र एमालेसँग १२र१२ जना प्रदेशसभा सदस्य हुनेछन् भने जनता समाजवादी पार्टीका दुईजना प्रदेशसभा सदस्य छन् । 
     

    images