मेलम्ची । चन्द्रावती महिला सहकारी संस्था लिमिटेड मेलम्चीको ११ औँ साधारणसभा सम्पन्न भएको छ । सहकारीको कार्यालय प्राङगण गहतेथुम्कीमा भएको सभामा प्रमुख अतिथि मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले सहकारीका सदस्य तथा सञ्चालकर्ले सहकारीको उदेश्य तथा महत्वबारे बुझ्नु पर्नेमा जोड दिनुभयो । उहाँले नगरले सहज ढंगबाट मल वितरणका लागि नगरले प्रयास गरिरहेको पनि बताउनुभयो ।
वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, जग्गादाता सिताराम चालीसे, इन्द्रावती महिला सहकारीका अध्यक्ष कल्पना चालीसे लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गर्नुभयो । संस्थामा अहिले ११२ जना सदस्य रहेको सहकारीका अध्यक्ष लिलाकुमारी दुलालले बताउनुभयो । सवै सदस्य सकृय भए मात्र सहकारी तथा सदस्यको हित हुने उहाँले बताउनुभयो ।
.jpg)

