निर्घात कुटपिटमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ का ७४ बर्षिय मुक्तिनाथ पौडेल, ६० बर्षिय इस्वरी पौडेल र बर्ष ३० को गंगा पौडेललाई आज दिउँसो २ बजे तिर निर्घात कुटपिट गरि गोठमा लुकिछिपि रहेको अवस्थामा इलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलिले सोहि ठाउँका अन्दाजी ३० बर्षिय राजाराम रायमझिलाई पक्राउ गरेको हो ।
झगडाको कारण भने खुल्न बाँकीनै रहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो । घाइतेहरुको पाँचपोखरी प्राथमिक अस्पतालमा उपचारका लागि ल्याइएपनि अवस्था चिन्ताजनक भएपछि अहिले हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ ।
घाइतेको न्युरो अस्पतालमा थप उपचार गरिने पारिवारले बताएको छ । अहिले घटनामा संलघन रायमाझिलाई इलाका प्रहरी कार्यालय मेलम्चीमा ल्याइदै गरेको र त्यसपछि थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।


