शनिबार, भाद्र २७ गते २०८३
images

मोरङ प्रहरीद्वारा तीन सय किलो गाँजा बरामद

एक्सप्रेस पाना
पौष १८, २०७९ सोमबार
  • 240
    SHARES
  • मोरङ प्रहरीद्वारा तीन सय किलो गाँजा बरामद

    मोरङ प्रहरीले मोरङको रङ्गेली नगरपालिकास्थित बबियाबाट ३ सय किलोग्राम लागूऔषध गाँजा बरामद गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय मोरङ अनुसार रङ्गेली १ बबियास्थित मनोज राजवंशीको घरमा लुकाएर राखिएको करिब ३ सय किलो गाँजा बरामद गरिएको हो । मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले राजवंशीको कुखुराको खोर, गाई ग्वाल र परालको टारमा लुकाएर राखिएको अवस्थामा आइतबार गाँजा बरामद गरिएको जानकारी दिए।

    प्रहरीले सूचनाका आधारमा राजवंशीको घरमा बेलुका करिब साढे ४ बजेतिर छापामारेको थियो। यसक्रममा प्रहरीले २ जनालाई पक्राउ गरेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिए ।

    images

    १५ वटा बोरामा राखिएको गाँजासँगै प्रहरीले राजवंशी र धनकुटाको शहिदभूमि गाँउपालिकाका हस्त राईलाई पक्राउ गरेको हो। घटनास्थलमा राईले प्रयोग गर्दै आएको प्रदेश १(०२(०५० प २७९२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा राईले धनकुटाका विभिन्न स्थानबाट गाँजा ल्याउने र राजवंशीले लुकाउनका लागि ठाउँ दिने गरेको खुलेको छ। हाल बरामद सामाग्री र पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहिका लागि मोरङ प्रहरी कार्यालयमा राखिएको छ ।