शनिबार, भाद्र २७ गते २०८३
images

अर्घाखाँचीमा बसले किच्दा एक वृद्धाको मृत्यु

एक्सप्रेस पाना
पौष २०, २०७९ बुधबार
  • 287
    SHARES
  • अर्घाखाँचीमा बसले किच्दा एक वृद्धाको मृत्यु

    अर्घाखाँचीको शितगंगा नगरपालिका १४ हडाहामा बसले किचेर एक वद्धाको मृत्यु भएको छ । कपिलवस्तुबाट अर्घाखाँची गएको बा १ ख ८७५८ नम्बरको बसबाट ओर्लने क्रममा स्थानीय ७६ वर्षीया ईन्द्रकला भट्टराई लडेकी थिइन् । लडेकी भट्टराईलाई सोही बसको पछाडीको चक्काले किचेको थियो । 

    images

    कपिलवस्तुको पिपरा स्थित सामुदयिक अस्पतालमा उपचारको क्रममा मंगलबार राति उनको मृत्यु भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।