आइतबार, भाद्र २८ गते २०८३
images

सौर्यमन्डल बाहिर थप २३५ एक्सोप्लानेट्स फेला

एक्सप्रेस पाना
पौष २१, २०७९ बिहीबार
  • 358
    SHARES
  • सौर्यमन्डल बाहिर थप २३५ एक्सोप्लानेट्स फेला

    काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार सन् २०२२ को अन्त्यमा खगोलविद्हरूले हाम्रो सौर्यमण्डलबाहिर थप २०० भन्दा बढी नयाँ ग्रहहरू फेला पारेका छन् । योसँगै एक्सोप्लानेट्सको संख्या ५२३५ एक्सोप्लानेट्स पुगेको छ । ‘हामीले पुष्टि भएका ५ हजारभन्दा कम एक्सोप्लानेटहरूबाट वर्ष सुरु गयौं ।

    images

    नयाँ वर्षले के ल्याउनेछ ? थप ग्रहहरू !’ नासाले ट्वीट गरेको छ । सौर्यमन्डलबाहिरका ग्रहलाई एक्सोप्लानेट्स भनिन्छ । करिब ४ प्रतिशत एक्सोप्लानेट्स पृथ्वी वा मंगल ग्रहहरू जस्तै चट्टानी रहेका बताइन्छ । नासाका अनुसार जेम्स वेब स्पेस टेलिस्कोपको प्रक्षेपणले थप एक्सोप्लानेट्स पत्ता लगाउन खोजलाई मद्दत गरेको छ ।

    अन्तरिक्षमा पठाइएको सबैभन्दा शक्तिशाली प्रयोगशालाले हबल टेलिस्कोपलाई सफल बनाएको थियो । यो टेलिस्कोप अझै सञ्चालनमा छ । जुलाईमा यसको पहिलो ब्रह्माण्डको तस्बिर  प्रसारण गर्न थालेको थियो । 

    images