प्रथम बागमती प्रदेश स्तरीय “सोतोकन करांते प्रतियोगिता २०७९ मा मेलम्ची नगरपालिकाले तेस्रो स्थान हासिल गरेको छ । पुष १५ र १६ जुगल गाउँ पालिकामा भएको खेलमा मेलम्ची नगरपालिकाको टिम तेस्रो भएको हो ।
आज टिम प्रमुख प्रकाश आले मगरले नगर प्रमुख आइतमान तामाङलाई हासिल गरेको ट्रफी तथा सम्मान पत्र हस्तान्तरण गर्नुभयो । दुई स्वर्ण ,एक रजत सहित तेस्रो स्थान जित्न सफल सो खेलमा मेलम्ची नगरपालिकाको तर्फबाट प्रकाश आलेमगर, सरिता तामाङ, रुक्शना दुवाल, निसान राउत र निश्चल बनामाला सहित ५ जना खेलाडीको सहभागीता रहेको थियो ।
उक्त सम्मान पत्र र ट्रफी ग्रहण गर्नु हुँदै प्रमुख तामाङले खेल राष्ट्रको गहना भएकोले यसरी नै अगाडी बढ्न हौसला दिनुको साथै बिजेता खेलाडीलाई बधाई तथा धन्यवाद दिनु भएको थियो । उहाँले खेलले अनुशासन र अनुभव पनि सिकाउने हुँनाले आगामि दिनमा प्रथम स्थान हासिल गर्ने लक्ष्यका साथ तयारी गर्न आग्रह गर्नुभयो ।


