आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज सुनको मूल्य घट्यो, कति पुग्यो प्रतितोला?

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 285
    SHARES
  • आज सुनको मूल्य घट्यो, कति पुग्यो प्रतितोला?

    भदौ २१ काठमाडौं ।नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य एक सय रुपैयाँले घटेको छ । गत आइतबार बजारमा प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार तोलामा एक सय रुपैयाँले घट्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको हो । 

    images

    यस्तै, आज तेजाबी सुनको मूल्यसमेत गत आइतबारको तुलनामा एक सय रुपैयाँले नै घट्दै ९० हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    तर, आज यता चाँदीको मूल्य भने स्थिर रहेको छ । गत आइतबार एकैदिन तोलामा ३५ रुपैयाँले वृद्धि हुँदै एक हजार २३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

    images