शनिबार, भाद्र २७ गते २०८३
images

संस्कृत माध्यमिक विद्यालयको १२०औं बार्षिक उत्सव सम्पन्न

एक्सप्रेस पाना
पौष २२, २०७९ शुक्रबार
  • 374
    SHARES
  • संस्कृत माध्यमिक विद्यालयको १२०औं बार्षिक उत्सव सम्पन्न

    इन्द्रावती गाउँपालिकाको वडा नम्बर ६ स्थित सिपातिनघरे संस्कृत माध्यमिक विद्यालयको १२०औं बार्षिक उत्सव सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष झम्क नेपालले सम्बोधन गर्दै यस विद्यालयलाई पालिकाकै नमुना विद्यालयको रुपमा विकास गर्दै जाने उद्घोष गर्नुभयो । 

    images

    उहाँले गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्दै शिक्षालेमात्रै हरेक क्षेत्रमा सकारात्मक परिर्वतन गर्न सक्ने बताउनुभयो । अध्यक्ष नेपालले पालिकाका हरेक शिक्षकहरुलाई तालिमको ब्यबस्था गरि दक्ष शिक्षक उत्पादन गर्ने पालिकाको लक्ष्य रहेको सुनाउनुभयो । उहाँले निजि विद्यालयले भन्दा गुणस्तरीय शिक्षा सरकारी विद्यालय बाट दिनेगरी वातावण सिर्जना गर्ने बताउनुभयो । 

    शिक्षा क्षेत्रको सुधारको लागि विद्यार्थी,शिक्षक, अभिभावक, सरोकारवाला निकाय,राजनितिक दल, र तिनै तहको सरकार एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिकाका प्रवक्ता एवं वडा नं.५ को वडा अध्यक्ष शशिनाथ आचार्य,वडा ६ को वडा अध्यक्ष इन्द्र बहादुर तामाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरि कार्यक्रममा मनोरञ्जन प्रदान गरेका थिए ।

    images