आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

एक्सप्रेस पाना
भाद्र २१, २०७८ सोमबार
  • 262
    SHARES
  • कांग्रेस महाधिवेशन : प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

    भदौ २१ काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कृष्णप्रसाद सिटौला समूहबाट उनले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् ।  ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले भने । 

    images

    १३औं महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औं महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् । १३औं महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन् । 

    पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहेका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । 

    images

    आगामी ९–१३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन हुनेछ ।