शनिबार, भाद्र २७ गते २०८३
images

यति एयरलाइन्सको विमान दुर्घटना

एक्सप्रेस पाना
माघ १, २०७९ आइतबार
  • 370
    SHARES
  • यति एयरलाइन्सको विमान दुर्घटना

    काठमाडौँ । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०स् ३३ बजे पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो । 321419229_1479182632575042_5875514563201177063_n.jpgयति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले सेती नदीको खोँचमा विमान दुर्घटना भएको सूचना प्राप्त भएपछि अस्पताल र एम्बुलेन्सलाई उच्च तयारीमा रहन निर्देशन दिएको जानकारी दिए  । 325064444_692975879223938_5098660307395941400_n.jpgविमान पोखरा विमानस्थल भन्दा करिब दुई किलोमिटर अगाडी सेती नदीको खोँचमा खसेका कारण उद्धारमा कठिनाइ भइरहेको छ । अहिले स्थानीय, नेपाल प्रहरी, नेपाली सेना लगायत उद्धारमा संलग्न रहेका छन् । 

    images