आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस महाधिवेशन : जाजरकोटका ७७ वटै वडामा निर्विरोध नेतृत्व

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 250
    SHARES
  • कांग्रेस महाधिवेशन : जाजरकोटका ७७ वटै वडामा निर्विरोध नेतृत्व

    भदौ २२ जाजरकोट । नेपाली कांग्रेस जाजरकोट वडा तहमा निर्विरोध नेतृत्व चयन गरेको छ । कांग्रेसको १४औं महाधिवेशनको पहिलो चरणमा जिल्लाका ७७ वटै वडामा निर्विरोध रुपमा वडा समिति र क्षेत्रीय प्रतिनिधि चयन भएका हुन् ।

    images

    कांग्रेस जाजरकोटका सभापति दिपकजंग शाहका अनुसार जाजरकोटमा ७७ वडा सभापतिसहित प्रति वडा १६ जनाका दरले १ हजार ३०९ क्षेत्रीय प्रतिनिधि छानिएका हुन् । वडा समितिमा २८ जनाका दरले ७७ वडाबाट २ हजार १५६ जना पदाधिकारी तथा सदस्य चयन भएका छन् ।

    क्षेत्रीय प्रतिनिधिले पालिका कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्रीय कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधि, संघीय महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि चुनाव लड्ने पाउँछन् । जिल्लामा २७ भदौमा गाउँ, नगर, १ असोजमा प्रदेशसभा क्षेत्र र ५ असोजमा जिल्ला अधिवेशन हुँदैछ । 

    images

    जिल्ला सभापतिमा चार जना आकांक्षी


    जिल्ला सभापतिमा चार जनाले आकांक्षा देखाएका छन् ।  संस्थापन पक्षबाट हालका उपसभापति सर्पराज रावत एक्ला उम्मेदवार देखिएका छन् उनलाई पूर्वसांसद राजिवविक्रम शाहसहितले सर्मथन गरेका छन् ।

    संस्थापनइतर समूहबाट वेदराज सिंह, मुक्तिप्रसाद आचार्य र इलमबहादुर शाहीले आकांक्षा देखाएका छन् । जिल्ला सभापति शाह संस्थापनइतर समूहबाट एक जना मात्र उम्मेदवार बनाएर चुनाव लडाउने पक्षमा छन् ।