भदौ २२ काठमाडौं । पछिल्लो परिवेशमा आमा बुबाका विषयमा संसारमा कति कृति सिर्जना भए, कति सिनेमा, गीत, कथा कविता र अन्य रचनाहरु भए ? तुलनात्मक रुपमा अन्य विषय भन्दा अत्यन्त कम नै छन् ।
नेपालमा पनि आमाबुबा सम्बन्धिका सिर्जनाहरु नगन्यमात्रामा मात्र छन् । यही आवश्यकता पुर्ती गर्न र आमा बुबा प्रती सन्तानहरुको धारणा कस्तो हुनु पर्छ भन्ने भावको “बा आमा” शिर्षकको गीत गीतकार निश्चल श्रेष्ठले सार्वजनिक गरेका छन् । उक्त गीतमा विकास चौधरीले मर्मस्पर्शी संगीत भरेका छन् भने लोकप्रिय गायक प्रमोद खरेलको आवज रहेको छ ।
कुशे औंशी, बुबाको मुखहेर्ने दिनलाई लक्षित गरि तयार भएको यस गीतमा धेरैले आफ्ना आमा बुबा सँग टिकटक बनाउने छन् । टिकटक प्रतिस्पर्धा पनि आयोजना गरेको गीतकार निश्चल श्रेष्ठले बताएका छन् । उत्कृष्ट तीन जनालाई पुरस्का र यस गीतको अफिसियल म्युजिकल फिल्ममा अभिनय गर्ने अवसर समेत प्रदान गरिने छ ।
ग्लोबल प्रोडक्सन प्रा.लि.को युट्युब च्यानलबाट सार्वजनिक भएको गीत अहिले लिरिकल भर्सन छ भने चाँडै नै भिडियो निर्माणको क्रममा रहेको बताइएको छ । एउटा सन्तानले आफ्ना आमा बुबालाई कुन रुपमा देख्छन् र महसुस गर्छन् भन्ने भाव गीतमा गहन रुपमा प्रस्तुत गरिएको छ । यो गीत, गीत मात्र होइन, मान्छेको सोच बदल्ने कडी पनि बन्न सक्छ ।
विगत डेढ दशक देखि लामो संचार, सिनेमा र साहित्य क्षेत्रमा क्रियाशिल निश्चल श्रेष्ठका माया माया, पिरतीको खेल मैदान, नहेर त्यसरी, लुकी लुकी, कहाँ होला, अब हाम्रो मिलन हुन, लजाएर, लगायतका थुपै गीतहरु चर्चित छन् ।
मिरा साउण्ड स्टुडियोमा रेकर्ड भएको यस गीतमा एरेन्जर रोशन बान्तवा, रेकर्डिष्ट सुबास कुथुमी राई, गीतार वर्क संजीव लिम्बु, ढोलक,तबला,मादल भरत बुढाथोकी, बाँसुरी संजीव मैनाली र मिक्सिङ गोविन्द सोनी गरेका हुन भने लिरिकल भिजुअल इडिट के.पी. देवकोटा तथा पोष्टर डिजाइन चिरंजीवी नौवागेले गरेका हुन ।
भिडियाे हेर्नुहाेस्


