आइतबार, कार्तिक १६ गते २०८३
images
images

किसानलाई मिनिटिलर र कर्नसेलर वितरण

एक्सप्रेस पाना
माघ ९, २०७९ सोमबार
  • 215
    SHARES
  • किसानलाई मिनिटिलर र कर्नसेलर वितरण

    मेलम्ची नगरपालिकाका किसानहरुलाई मिनिटिलर र कर्नसेलर वितरण गरिएको छ । वडा नम्बर ११ का २१ जना किसानहरुलाई मिनिटिलर र ५ जनालाई कर्नसेलर वितरण गरिएको कृषि विकास शाखा प्रमुख अमरनाथ आचार्यले जानकारी दिनुभयो ।

    images

    जरायटार साना किसान कृषि सहकारी संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट विकास कार्यक्रम (मकै पकेट निरन्तरता) अन्तर्गत ५०% अनुदान कृषी सामग्री (मिनिटिलर र कर्नसेलर वितरण गरिएको हो । मिनिटिलर वितरण गर्दै नगरप्रमुख आइतमान तामाङले आधुनिक प्रविधी मार्फत खेती गर्दै ब्यबशायीक बन्न आग्रह गर्नुभयो ।

    उहाँले किसाहरुको विभिध समस्या रहेको उल्लेख गर्दै ति समस्या समाधानका लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिनुभयो । कार्यक्रममा किसानहरुले ट्याक्टर सँगै कोदो कुट्ने र गहुँ झार्ने मेसिनको समेत आवश्यकता रहेको बताएका थिए । नगर प्रमुख तामाङले समुहगत रुपमा आउने मागहरुलाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताउनुभयो । वितरण कार्यक्रममा नगर उपप्रमुख उमा प्रधान, वडा नम्बर ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङ,वडा सदस्य प्रतिमा धिताल, सहकारीका अध्यक्ष शिवप्रसाद भट्टराई लगायतको उपस्थिती रहेको थियो ।

    images