आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौंको सिडिओ फेरियो, नयाँ सिडिओ गोविन्दप्रसाद रिजाल

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 360
    SHARES
  • काठमाडौंको सिडिओ फेरियो, नयाँ सिडिओ गोविन्दप्रसाद रिजाल

    भदौ २२ काठमाडौं । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) परिवर्तन छ । सिडिओ कालीप्रसाद पराजुलीलाई मन्त्रालयमा तानेर उनको ठाउँमा गृह मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ ।

    images

    गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट पराजुलीलाई हटाएर रिजाललाई ल्याइएको बताइएको छ ।

    रिजाल विगत ४ महिनादेखि गृहमन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए । रिजाल गृह प्रशासनका अनुभवी प्रशासकका रूपमा चिनिन्छन् । जाजरकोट, सल्यान, कैलाली, दाङ, रौतहट र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भइसकेको रिजाल लामो समय जिल्लामा सिडिओका रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

    images