मेलम्ची । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झंक नेपालले मुलकको परिवर्तन शिक्षाविना सम्भव नभएको बताउँदै पालिका विकासको लागि आफू तल्लीन भएको लागेको बताउनु भएको छ । उहाँले विद्यालयको भौतीक गुणस्तर सँगसँगै पठनपाठनमा पनि गुणस्तर कायम गर्नुपर्नेमा जोड दिनुभयो । इन्द्रावती गाउँपालिका वडा नम्बर ४ पाडामरुवा स्थित जलेश्वर आधारभुत विद्यालयको ६९औं बार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताउनुभएको हो ।
उहाँले हरेक क्षेत्रको विकासका लागि स्रोत, दक्ष जनशक्ती, कानुन र कार्यविधीको आवश्यक पर्ने भएकाले गाउँपालिकाले आवश्यकताको आधारमा कामलाई प्राथमीकता दिएको बताउनुभयो । उहाँले आन्तरीक स्रोतलाई मजवुद बनाउँदै शैक्षिक लगायत पालिकाको समग्र विकासका लागी तल्लीन भएर लागि परेको बताउनुभयो । विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदानका लागी दक्ष शिक्षक,जागरुक अभिभावक, अनुशासीत र लगनशिल विद्यार्थी, कुशल ब्यबस्थापन, र कुशल स्थानिय सरकारको आवश्यक पर्ने नेपालले बताउनुभयो ।
प्रत्यक कर्मचारीलाई उचित तालिमको व्यबस्था गरी दक्ष बनाउने भन्दै अध्यक्ष नेपालले शिक्षण प्रणालीलाई आधुनिक र प्रविधिमुलक बनाउने उद्धेश्यले पालिकाले विद्यालय लगायत सम्पुणृ गाउँपालिका मातहतका कार्यालयको कम्प्युटर प्रिन्टर लगायतका सामाग्री पालिका आफैंले बनाइदिएको बताउनुभयो । उहाँले भ्रष्टाचार नगर्ने बताउँदै भ्रष्टाचारको जालोलाई तोड्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।


