आइतबार, कार्तिक १६ गते २०८३
images
images

तपाईंहरु ढुक्क हुनुस्, एमसीसी पास हुँदैन : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
भाद्र २२, २०७८ मंगलबार
  • 256
    SHARES
  • तपाईंहरु ढुक्क हुनुस्, एमसीसी पास हुँदैन : अध्यक्ष प्रचण्ड

    भदौ २२ काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकालाई एमसीसीबारे कूटनीतिक नोट पठाएपनि अहिलेसम्म जवाफ नआएको र एमसीसी पास नहुने बताएका छन् ।

    images

    मंगलबार पार्टीको योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को केन्द्रीय समिति बैठकमा बोल्दै उनले अहिलेसम्म एमसीसीबारे जवाफ नआएको र पास नहुने बताए ।

    उनले भने, ‘एमसीसीबारे हामीले अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ तर, त्यसको जवाफ अहिलेसम्म आएको छैन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन । र, एमसीसी पास हुँदैन ।’

    images

    साथै, उनले सबैलाई राष्ट्रघाती कदममा माओवादी कदापि अघि नबढ्ने पनि बताएका छन् । ‘तपाईंहरु ढुक्क हुनुस् राष्ट्र र राष्ट्रियतामाथि प्रश्न उठ्ने कुरामा माओवादी केन्द्रले सहमति जनाउँदैन,’ उनले भने ।