शनिबार, भाद्र २७ गते २०८३
images

गुल्मीमा शरिर बाँधिएको अवस्थामा एक महिलाको शव फेला

एक्सप्रेस पाना
माघ १५, २०७९ आइतबार
  • 253
    SHARES
  • गुल्मीमा शरिर बाँधिएको अवस्थामा एक महिलाको शव फेला

    गुल्मी । हातमा टेप लगाएको, खुट्टा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा गुल्मीमा एक महिलाको शव फेला परेको छ ।

    images

    जिल्लाको मुसिकोट नगरपालिका-७ वामीमा घरमै एक्लै बस्दै आएकी एक महिलाको शव फेला परेको हो । घटना संकास्पद रहेपछि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट गएको टोलीले ५७ वर्षीया गंगादेवी शेरचनको शव फेला परेको घरलाई शिलबन्दी गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक (एसपी) अर्जुन रानाभाटले तालिम प्राप्त कुकुर ल्याएर मात्र अनुसन्धान अगाडि बढाउने बताउनु भयो ।

    images

    शेरचन सोही घरमा एक्लै बस्दै आएकी थिइन् । घटनाको दृश्य हेर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । उनको घरको चेनगेट बन्द अवस्थामा छ ।

    तालिम प्राप्त कुकुर नल्याएसम्म चेनगेट नखोलिने प्रहरी प्रमुख रानाभाटले जानकारी दिनुभयो ।

    शेरचन आज बिहान घरबाट बाहरि ननिस्कीएपछि छिमेकीले सोधखोज गर्दा उनको शवलाई हातमा टेप, खुट्टामा टेपले बाँधेको र घोप्टो पारिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

    शेरचनले विगत ४० वर्षदेखि गंगा होटल संचालन गर्दै आएकी थिइन् । उनको शव चेनगेट नजिकै रहेको छिमेकीले बताएका छन् ।

    स्थानीय आफन्त सुनिल शेरचेनले घटना संकास्पद भएकोले बिशेष अनुसन्धान कुकुरमार्फत गर्न माग गरेका छन् । सत्यतथ्य पत्ता लगाउनका लागि शेरचनले माग गरेपछि प्रहरीले त्यसको तयारी थालेको छ ।