कञ्चनपुरमा १४ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–४ बजारस्थित समाज कल्याण बाल अनाथालयका कर्मचारी ५१ वर्षीय शंकरबहादुर चन्द रहेका छन् । उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
चन्दले ती बालिकाहरूलाई विगत तीन/चार महिनादेखि जबरजस्ती करणी गर्दै आएको प्रहरीले जानकारी दिए ।


