आइतबार, कार्तिक १६ गते २०८३
images
images

तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 432
    SHARES
  • तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

    भदौ २३ काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ भदौ २४ गते शुक्रवार बाँडफाँट हुने भएको छ । 

    images

    बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रबार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओ प्रि ( अलोटमेण्ट मंगलवार सम्पन्न गरिसकेकोसमेत क्यापिटलले जानकारी दिएको छ । कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो ।

    कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू.१०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । 

    images

    अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरीदका लागि करीब ४२ गुणा बढी आवेदन परेको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर सर्वसाधारणमा बाँडफाँट हुनेछ । यस आधारमा ७ लाख ४४ हजार जना आवेदकहरुले गोला प्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाउनेछन् । 

    यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो । 

    आयोजना प्रभावित स्थानियसहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो ।