शनिबार, भाद्र २७ गते २०८३
images

कक्षा १२ को आवेदन फाराम खुल्यो

एक्सप्रेस पाना
माघ २०, २०७९ शुक्रबार
  • 228
    SHARES
  • कक्षा १२ को आवेदन फाराम खुल्यो

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को लागि परीक्षा आवेदन फाराम खुला गरेको छ । २०८० सालको परीक्षामा सहभागी हुने परीक्षार्थीका लागि कक्षा १२ को नियमित, ग्रेड वृद्धि र आंशिक तथा कक्षा ११ का आंशिक र ग्रेड वृद्धिको परीक्षा आवेदन फाराम खुला गरेको हो ।

    images

    आवेदन फाराम बुझाउने मिति यही माघ मसान्तसम्म तोकिएको छ । विलम्ब शुल्क तिरेर फागुन १५ गतेसम्म फाराम भर्न सकिने बोर्डले जनाएको छ । आवेदन फाराम शुल्क ६ सय रुपैयाँ तोकिएको छ ।

    रजिष्ट्रेशन नम्बरका सुरुका दुई अंक ७२, ७३, ७४ र ७५ भएका परीक्षार्थीहरूका लागि अन्तिम एक पटकका लागि मौका दिइने भएको छ । सम्बन्धित विद्यालयहरूले विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाणसहित फागुन २१ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फारम बुझाउन अनुरोध गरिएको छ ।

    images

    कक्षा १२ को नियमित परीक्षार्थीको रूपमा आवेदन फाराम भर्ने विद्यार्थीहरूको हकमा २०७९ सालमा विद्यालय मार्फत लिइएको कक्षा ११ को सम्पूर्ण विषयमा सैद्धान्तिकतर्फ न्यूनतम डी एवं आन्तरिक मूल्याङ्कनतर्फ सी ग्रेड प्राप्त गरेको हुनुपर्नेछ ।