आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रभात फेरी र विचार गोेष्ठी गर्दै चौतारी सिन्धुपाल्चोकले मनायो स्थापना दिवस

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 408
    SHARES
  • प्रभात फेरी र विचार गोेष्ठी गर्दै चौतारी सिन्धुपाल्चोकले मनायो स्थापना दिवस

    देवराज सुवेदी / सिन्धुपाल्चोक ।  प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले आफ्न २५ औँ स्थापना दिवसको अवसरमा ”प्रभातफेरी तथा विचार गोष्ठी“ कार्यक्रम सम्पन्न गरेको छ । 

    images

    चौतारीले आइतबार मेलम्चीमा एक कार्यक्रमबीच विचार गोष्ठी सम्पन्न गरेको हो । 

    ”समृद्ध नेपाल यात्रामा सञ्चार कर्मको भूमिका“ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी एमाले नेता,प्रेस चौतारीमा आबद्ध पत्रकार,विद्यार्थी नेता तथा स्थानीयहरूले आ-आफ्नो धारणा राख्नुभएको थियो । 

    images

    कार्यक्रमका प्रमुख अतिथि एवम् नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य डम्बर अर्यालले पार्टीलाई जनता समक्ष स्थापित गर्न प्रेस चौतारीको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले समृद्ध यात्रामा प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकले ठुलो भूमिका खेलेको बताउनुभयो । स्थापना दिवसको शुभकामना दिनुहुँदै अर्यालले आगामी दिनमा चौतारीको भूमिका अझ फराकिलो हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

    त्यस्तै मदन भण्डारी फाउन्डेसन सिन्धुपाल्चोकका अध्यक्ष बालकृष्ण देउजाले नेकपा एमालेलाई सञ्चार क्षेत्रबाट चौतर्फी घेराबन्दीमा पारेको र त्यसको चिरफार चौतारीले गर्नुपर्ने बताउनुभयो । 

    त्यस्तै बुद्धिजीवी परिषद् सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले निर्वाचनका बेला चौतारीले गरेको भूमिकाको प्रशंसा गर्नुभयो । स्थापना दिवसको शुभकामना दिनुहुँदै उहाँले प्रेस चौतारी सिन्धुपाल्चोकले योग्य पत्रकार जन्माउनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

    कार्यक्रममा बोल्नुहुँदै प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोग सदस्य दिपक अर्यालले पार्टी र चौतारीबीच समन्वय हुन नसकेको भन्दै आपत्ति जनाउनुभयो उहाँले पार्टी र चौतारीबीच निरन्तर छलफल र संवाद हुनुपर्नेमा जोड दिनुभयो । 

    कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपमेयर एवं एमाले जिल्ला कमिटी सिन्धुपाल्चोककी उपाध्यक्ष उमा प्रधान,अनेरास्ववियु केन्द्रीय सदस्य वैकुण्ठ लुइँटेल,अनेरास्ववियु जिल्ला कमिटी सचिव नवीन पाण्डेलगायत नेता तथा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।

  • सम्बन्धित विषय:

  • # रासस