आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमाले जस्तै हुने हो भने पार्टी विघटन गरौं : अध्यक्ष प्रचण्ड

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 228
    SHARES
  • एमाले जस्तै हुने हो भने पार्टी विघटन गरौं : अध्यक्ष प्रचण्ड

    भदौ २३ काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी पनि नेकपा एमालेजस्तै ‘विचार शून्य’ हुने हो भने पार्टी विघटन गर्न नेताहरुलाई सुझाव दिएका छन्।

    images

    सहिद सुरेश वाग्लेको २३औं स्मृति दिवसमा बुधबार बिहान बोल्दै उनले माओवादी केन्द्रका नेता पनि क्रान्तिका लागि भन्दा पनि पद, प्रतिष्ठा र पैसातर्फ बढी केन्द्रित भएको भन्दै गुनासो गरेका हुन्।

    ‘हामी पनि त्यस्तै हुन्छौं कि भनेर डर लागिरहेको छ। बिस्तारै हाम्रो पनि लोगो मात्रै बाँकी होला भन्ने डर छ। हामी पनि त्यस्तै हुने हो भने पार्टी किन चाहियो भन्ने प्रश्न उठेको छ। एमालेजस्तै हुने हो भने त यो पार्टीको अवाश्यकता के रहयो र१ बरु यस्तो पार्टीलाई विघटन गर्दा राम्रो होला,’ उनले भने।

    images