बुधबार, भाद्र २४ गते २०८३
images

आइएमई पेको मन्थ अफ लभ अफर सार्वजनिक

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 221
    SHARES
  • आइएमई पेको मन्थ अफ लभ अफर सार्वजनिक

    काठमाडौँ । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुब्स्मार्टफोन जित्ने मौका पाउनुहुनेछ ।

    images

    भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै अनुसार गरिएको उक्त अफर यहीँ फेब्रुवरी ३ बाट शुरु भइ २०२३ फेब्रुवरीभरी सञ्चालनमा रहनेछ । यस अफर अवधिको समाप्तिपछि आइएमई पेको आधिकारिक सामाजिक पेजहरू मार्फत भाग्यशाली विजेताहरुको घोषणा हुनेछ ।

    नेपाली जनताहरूलाई डिजिटल माध्यममा कारोवार गर्न प्रोत्साहन गर्न र नगदरहित इकोसिस्टमलाई सहज बनाउन कम्पनीले यस अफर सञ्चालनमा ल्याएको हो ।

    images

  • सम्बन्धित विषय:

  • # IMEPAY