आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाल नेतृत्वको नेकपा (एस) आठ जिल्लामा नील (नामावलीसहित)

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 272
    SHARES
  • नेपाल नेतृत्वको नेकपा (एस) आठ जिल्लामा नील (नामावलीसहित)

    भदौ २३ काठमाडौं । एमाले बिभाजित भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आठ जिल्लामा जनप्रतिनिधिविहीन भएको छ ।

    images

    राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २२ भदौसम्म एमाले वा नेकपा (एकीकृत समाजवादी) मध्ये एक पार्टी रोज्न दिएको समयसीमामा आठ जिल्लाका जनप्रतिनिधिले नेपाल नेतृत्वको पार्टीको पक्षमा सनाखत गर्न अस्वीकार गरेका छन् ।

    एमाले प्रचार विभागका सदस्य सूर्य थापाका अनुसार गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर, नुवाकोट, सोलुखुम्बु र रसुवा गरी आठ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेका छैनन् । अन्य जिल्लाका नेताहरूले एमाले छाडे पनि आठ जिल्लाका प्रतिनिधिले नछाड्दा नेकपा (एस) शून्यमा पुगेको हो ।

    images