शनिबार, भाद्र २७ गते २०८३
images

प्रशान्त पोखरेल स्मृति पुस्तकालयको हस्तानतरण

एक्सप्रेस पाना
माघ २६, २०७९ बिहीबार
  • 353
    SHARES
  • प्रशान्त पोखरेल स्मृति पुस्तकालयको हस्तानतरण

    चितवन, 
    भरतपुर महानगरपालिका वडा नम्वर २८, पर्साबजार स्थित श्री आधारभूत विद्यालय सिसावासको ६५ वार्षिक उत्तसबका अवसरमा स्व प्रशान्त पोखरेलको स्मृतिमा परिवारजनले स्थापना गर्नुभएको श्री प्रशान्त पोखरेल स्मृति पुस्तकालय बुधवार पोखरेल परिवारले विध्यालयलाई हस्तानतरण गरेको छ । वार्षिक उत्तसब एवं पुस्तकालय हस्तानतरण कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेश शभा सदस्य ईश्वर सापकोटा " सुमन" एवं स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा लिला बहादुर पोखरेलले संयूक्त रुपमा रिवन काटेर उक्त पुस्तकालयको शुभारम्भ गर्नुका साथै स्वर्गिय प्रशान्त पोखरेल को शालिक अनावरण गर्नभयो | प्रमुख अतिथि सुमनले स्वर्गिय प्रशान्त पोखरेल प्रती हार्दिक श्रद्धा सुमन अर्पण गर्दै पोखरेल परिवारले शिक्षाको ज्योती छर्ने अत्यन्त पुनित कार्य गरेकोमा परिवारजन प्रती आभार प्रकट गर्दै उक्त विद्यालयमा अध्यनरत बहुसंख्यक आदिवासी कुमाल जातिका सन्ततीको गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षा आर्जनमा पुस्तकालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे |
    स्वर्गिय प्रशान्त पोखरेलका हजुरबुवा एवं पुस्तकालयका संरक्षक श्री लिला बहादुर पोखरेलले आफ्नो नातीको अल्पायू मै स्वर्गारोहण भए पनि नातिको स्मृतिमा स्थापित पुस्तकालयले आफ्ना नाति जस्तै धेरै नानी बावुहरुले उक्त पुस्तकालबाट शिक्षाको ज्योती प्राप्त गर्ने अवसर जुटेकोमा आफ्नो सन्तान सोक धेरै हदसम्म सुखमा परिणत भएको अनुभुती व्यक्त गुर्नुभयो।PHOTO-2023-02-09-07-53-45.jpg
    भरतपुर महानगरपालिका वडा नम्बर २८ का वडा अध्यक्ष डण्डपानी रिजालले पोखरेल परिवारजन प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दै, विद्यालयको समग्र विकासका लागि वडा कार्यलयले सक्दो समन्वय गर्ने प्रतिवद्धता व्यक्त गरे |
    पुस्तकालयका संसथापक एवं वानेश्वर बहुमुखी क्याम्पसका उपप्रध्यापक बालसिंह पोखरेलले मेघौली भौगोलिक एवं पर्यापर्यटनका हिसाबले राष्ट्रकै अनुपम गन्तव्य रहदा रहदै पनि विशेषगरी शैक्षिक दृष्ट्रिकोणबाट यहांका जनता अत्यन्त पछाडि परेका कारण यहाको अनुपम श्रोतको परिचालन हुन नसक्दा यस क्षेत्रले मात्र होईन पछिल्लो समय राष्ट्रले नै ठूलो क्षती वयहोर्नु परेकोछ | यहाँका भोलिका राष्ट्रका कर्णधार नानी बावुलाई गुणस्तरीय एवं प्रतिस्पर्धात्मक शिक्षाको अत्यन्तै अपरिहार्यता भएको वर्तमान अवसथामा आफ्नो प्रिय भतिजको स्मृतिमा पुस्तकालय स्थापना गरेको | साथै यहाँका अभिभावकहरु पनि आफ्ना नानी बावुको शैक्षिक उनन्यनमा समसामयिक तदारुकता नदेखिएकाले अभिभावकहरुमा पनि शैक्षिक सचेतना अभिवृद्धि होस भन्ने हेतुले बालबालिका एवं सबै समुहलाई लक्षित गरी पुस्तकहरूको प्रबन्ध गरेको र सो पुस्तकालयको उच्चतम सदुपयोगमा बिध्यार्थी, शिक्षक, अभिभावक एवं व्यबस्थापन समितिले सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो |PHOTO-2023-02-09-07-57-33.jpg

    विध्यालययका प्रधानध्यापक उमेश आचार्यले गुणस्तरीय शिक्षा प्रदानका लागि पुस्तकालयको अत्यन्त आवस्यकता महुसश भईरहेको सन्दर्भमा श्रोत सम्पन्न पुस्तकालय प्राप्तहुनु अत्यन्त खुसीको विषय भएको र अवस्य पनि शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ठूलो टेवा पुग्ने आशय व्यक्त गरे |
    उक्त शभाका शभापती एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञान बहादुर कुमालले पुस्तकालय प्रदान गर्ने पोखरेल परिवार प्रती हार्दिक कृतज्ञता एवं पुस्तकालयको उच्चतम सदुपयोगमा गरिने प्रतिवद्धता व्यक्त गरे |
    श्री आधारभूत विद्यालय सिसाबासका पूर्व विध्यार्थी प्रशान्त पोखरेलको  मिति २०७३ बैशाष १३ गते अल्लपायू मै सवारी दुर्घटनामा निदन भएको थियो |PHOTO-2023-02-09-07-53-44 (1).jpg

    images