आइतबार, कार्तिक १६ गते २०८३
images
images

संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूको नाराबाजी

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 334
    SHARES
  • संसद्को दोस्रो बैठक पनि अवरुद्ध, एमाले सांसदहरूको नाराबाजी

    भदौ २३ काठमाडौं । प्रतिनिधि सभाको दोस्रो बैठक पनि अवरुद्ध भएको छ । एमालेका सांसदहरूले रोष्टममा उभिएर नाराबाजी गरेपछि बैठक अवरुद्ध भएको हो । 

    images

    सभामुख अग्निप्रसाद सापकोटाले आफू कानुनअनुसार बैठक चलाउन प्रतिबद्ध रहेको बताए पनि एमाले सांसदहरूको नाराबाजी रोकिएको छैन । यसअघि एमालेकै सांसदहरूको अवरोधपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।