आइतबार, कार्तिक १६ गते २०८३
images
images

एमालेलाई सभामुखले भने, 'संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ'

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 303
    SHARES
  • एमालेलाई सभामुखले भने, 'संविधानले दिएको अधिकार प्रयोग गरेको हुँ'

    भदौ २३ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सदन चलाउन सहयोग गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेका छन् । एमालेको अवरोधले नवौं अधिवेशनको प्रतिनिधिसभाको पहिलो बैठक १५ मिनेट स्थगित भई दोस्रोमा पनि अवरोध भएपछि सभामुख सापकोटाले म संविधान, नियम, कानुन, ऐनअनुसार अघि बढ्न तयार छु । सदन चलाउन सहयोग गर्नुस् भनेर आग्रह गरेका हुन् ।

    images

    सापकोटाले आफूले संविधान नियम कानुनको बर्खिलाप केही नगरेको भन्दै संविधानले दिएको अधिकार प्रयोग गरेको स्पष्टीकरण दिए । त्यसकारण सदन सञ्चालन गर्न सहयोग गर्न पुनस् अनुरोध गरे । पहिलो बैठकमा आक्रामक रुपमा नियमावलीतर्फ ध्यानाकर्षण गराएका सभामुख सापकोटाले दोस्रो बैठकमा विनम्रताका साथ प्रस्तुत भइरहेका छन् ।

    उनले फेरि अनुरोध गरे, माननीय सदस्यहरु तपाईंहरूका माग ध्यानाकर्षण भयो । अब सदन सञ्चालन गर्न दिनुस्।

    images