शनिबार, भाद्र २७ गते २०८३
images

सशस्त्र प्रहरीद्वारा गाँजा र गाडीसहित व्यक्ति नियन्त्रणमा

एक्सप्रेस पाना
फाल्गुण ३, २०७९ बुधबार
  • 236
    SHARES
  • सशस्त्र प्रहरीद्वारा गाँजा र गाडीसहित व्यक्ति नियन्त्रणमा

    मकवानपुर जिल्लाको मनहरी गाँउपालिका ९ ज्यामिरेस्थित पूर्व–पश्चिम लोकमार्गबाट फागुन १ गते राति सशस्त्र प्रहरीले करीब १ सय ५८ के.जी.गाँजा र गाडीसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

    images

    सशस्त्र प्रहरी बल नेपाल आईआरटी पोष्ट कत्लेखोलाले सोही जिल्लाको थाहा नगरपालिका ३ बस्ने बिशाल गोपालीलाई गाँजा र गाडीसहित नियन्त्रणमा लिएको हो । विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीले ना ६ ख ४५२० नम्बरको गाडीमा जाँच गर्दा गाडीको क्याविनमा लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारेको थियो ।

    सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका गोपालीलाई बरामद गाँजा तथा गाडीसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मनहरीमा बुझाएको छ ।

    images