आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रधानमन्त्री देउवाभन्दा अघि नै ओली भेट्दै एमसीसी उपाध्यक्ष फातिमा 

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 283
    SHARES
  • प्रधानमन्त्री देउवाभन्दा अघि नै ओली भेट्दै एमसीसी उपाध्यक्ष फातिमा 

    भदौ २४ काठमाडौं । चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छिन् । 

    images

    बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । ‘एमसीसी उपाध्यक्ष फातिमाले आज दिउँसो २ बजे बालकोटमा ओलीज्यूसँग भेट्ने कार्यक्रम छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने , ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

    ‘उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीज्यूबीच भोलि भेट्ने कार्यक्रम छ’, प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले भने, ‘तर, समय तय भइसकेको छैन । भोलि भेट्नु हुन्छ । समय भने आज अबेरसम्ममा तय भइसक्छ ।’ 

    images

    त्योभन्दा अगाडि उनले विपक्षी दलका नेता एवं एमालेका अध्यक्ष ओलीसँग भेट गर्ने कार्यतालिका छ ।