आइतबार, कार्तिक १६ गते २०८३
images
images

रामचन्द्रको प्रस्ताव : २७ भदौको पालिका अधिवेशन स्थगित गरौं 

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 286
    SHARES
  • रामचन्द्रको प्रस्ताव : २७ भदौको पालिका अधिवेशन स्थगित गरौं 

    भदौ २४ काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी २७ भदौका लागि तय भएको कांग्रेसको स्थानीय तहको अधिवेशन स्थगित गर्न प्रस्ताव गरेका छन् । बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई भेटेर पौडेलले अधिवेशन सार्न प्रस्ताव गरेका हुन् । 

    images

    क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाका वडा अधिवेशन हुन नसकेको भन्दै वडा अधिवेशन नगरी पालिका अधिवेशन नगर्न उनको प्रस्ताव छ । विवादमा रहेका २१ मध्ये सभापति देउवाको गृहजिल्ला डडेलधुराका वडा अधिवेशन २५ भदौ अर्थात् भोलि गर्ने तयारी भए पनि हालसम्म निश्चित भइसकेको छैन । 

    पौडेलको प्रस्तावमा देउवा पनि सकारात्मक रहेका कारण पालिका अधिवेशन सर्ने निश्चितजस्तै भएको पौडेलले न्युज कारखानालाई जानकारी दिए । उनका अनुसार देउवा ५ असोजमा हुने क्षेत्रीय अधिवेशनको मिति प्रभावित नहुने गरी पालिका अधिवेशन सार्न सकारात्मक बनेका छन् । 

    images

    यसैबीच, आगामी महाधिवेशनमा सभापतिका प्रत्यासी कांग्रेस नेता विमलेन्द्र निधिले बुधबार देउवालाई पत्र लेख्दै क्रियाशील सदस्यता विवाद टुंगो लगाएर मात्र पालिका अधिवेशन गर्न आग्रह गरेका थिए । बुधबार नै अर्का नेता शेखर कोइरालाले पनि वडा अधिवेशन नसकिएसम्म पालिका अधिवेशन गर्न नसकिने भन्दै कांग्रेस नेताहरूको ध्यानाकर्षण गराएका थिए ।न्युज कारखाना